गुराँस लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरणमा ब्याज छुट

  २०७९ वैशाख ११ गते १२:५६     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले बीमालेख नवीकरण गर्दा लाग्ने व्याजमा छुट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा ३० प्रतिशत व्याज मिनाहा गर्ने भएको हो ।

समयमा बीमाशुल्क भुक्तानी नगरेको अर्थात अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखमा ३० प्रतिशत व्याज छुट दिन लागेको हो । यससँगै बीमितले २०७९ बैशाख ११ गतेदेखि जेठ १० गतेसम्म नवीकरण गराएमा मात्रै उक्त छुट पाउने समेत कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सका अनुसार सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट सुविधा लागू हुँदैन । साथै, यो सुुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुले बीमा अवधि भरी पुनः छुट पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.