पुस यताकै न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक

  २०७८ चैत २९ गते १५:५४     विकासन्युज

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक गत पुस महिनायताकै न्यून बिन्दुमा झरेको छ । निरन्तर घटीरहेको परिसूचक २४ सय बिन्दुबाट तल झरेर पुस यताकै न्यून बिन्दुमा झरेको हो ।

चैत २९ गते सोमबारको बजारमा परिसूचक ३४.७९ अंकले घटेर २३८५.०१ बिन्दुमा झरेको छ । जुन गत पुस ६ गतेयताकै न्यूनतम बिन्दु हो । सो दिनको बजारमा परिसूचक २४१५.५५ बिन्दुमा थियो । त्यसयताको कारोबार भने परिसूचक भने सो भन्दा तल झरेको थिएन ।

सोमबारको बजारमा १ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । आइतबारको बजारमा २ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

घटेको बजारमा पनि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २०५७ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी प्रतिशतले घट्नेमा इमर्जिङ् नेपाल रहेको छ । कम्पनीको सेयर मूल्य ६.५९ प्रतिशतले घटेर प्रतिकित्ता ९३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.