दुई लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७८ चैत २९ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न दुई लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । चैत २९ गते एकैदिन सूर्योदय र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

दुई संस्थाको कूल ९ लाख ४८ हजार ७०६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये सूर्योदय लघुवित्तको २० प्रतिशत अर्थात ४ लाख ९६ हजार ८५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत अर्थात ८ लाख ९९ हजार ९८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.