नयाँ वर्षमा अनलाइन शपिङ गर्दा सांग्रिलाका ग्राहकलाई विशेष छुट

  २०७८ चैत २८ गते १९:१५     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् ।

सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहज रुपमा सक्रिय गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु यस सम्झौताको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.