व्यापारीले नैतिकता देखाएकाे भए आयातमा कडाइ आवश्यक थिएन : मिश्र

  २०७८ चैत २८ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले व्यापारीले अर्थतन्त्र सुधारमा नैतिकता देखाएको भए आयातमा कडाइ आवश्यक नभएको बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले उद्योगी व्यवसायीले नैतिकता नदेखाएकै कारण राष्ट्र बैंक आयातमा कडाइ गर्न बाध्य भएको बताएका हुन् ।

उनले व्यापारीहर”ले अर्थतन्त्रको सुधारका लागि नैतिकता नदेखाएकै कारण आयातमा कडाइ गर्नुपर्ने अवस्थता सिर्जना भएको बताएका हुन् ।

‘अल्पकालका लागि आयात रोक्नुको विकल्प थिएन तर, दीर्घकालका लागि भने निर्यात बढाउनैपर्छ,’ उनले भने । यस्तै, उनले कर्जा जीडीपीको तुलनामा बढी भएकाले अर्थतन्त्रमा समस्या देखिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.