आईएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठ सम्मानित, उत्कृष्ट व्यवस्थापन गर्न सफल

  २०७८ चैत २७ गते १७:०६     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठ सम्मानित भएका छन् । सीईओ श्रेष्ठ ‘आउटस्ट्याण्डिङ म्यानेजमेन्ट अवार्ड २०२२’ बाट सम्मानित भएका हुन् ।

नेपाल व्यवस्थापन संघ (म्यान) ले चैत २६ गते राजधानीको याक एन्ड यति होटलमा आयोजना गरेको एक समारोहमा श्रेष्ठलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो । नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदान र अनुकरणीय नेतृत्व कौशलताको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड दिइएको म्यानले जनाएको छ ।

त्यस्तै, श्रेष्ठले हाल व्यवस्थापन गरिरहेको आईएमई जनरल इन्स्योरेन्स एशियाकै ‘बेष्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ बाट पनि सम्मानित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.