आइसिएफसि फाइनान्सको नयाँ शाखा विर्तामोडमा

  २०७८ चैत २७ गते १३:३८     विकासन्युज

काठमाडाैं । आइसिएफसि. फाइनान्स लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा झापा जिल्लाकाे विर्तामोड नगरपालिका वडा नं. ०४ मा आफ्नो २१ औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त संस्थाको समुद्घाटन विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले गरे । उक्त शाखाको समुद्घाटनमा विर्तामोड उघोग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपाने, फाइनान्सका सञ्चालक सुशीलकुमार अर्याल, प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठ तथा नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीकोे उपस्थिती रहेको थियो ।

आइ.सि.एफ.सि.फाइनान्सले मोबाइल बैकिङ, इन्टरनेन्ट बैकिङ, लकर सेवा, ३६५ दिन बैकिङ सेवा, ए.टि.एम कार्ड, आस्वा सेवा, म्झबत सेवा, रेमिटेन्स सेवा, विभिन्न प्रकारका कर्जा सुविधा तथा अन्य सम्पूर्ण अत्याधुनिक बैकिङ सुविधाको साथमा विगत १८ वर्षदेखि आफ्नो ग्राहकलाई बैकिङ सुविधा प्रदान गरिरहेको छ ।

चुक्तापूँजी १ अर्ब १२ करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै १६ अर्ब ५७ करोड निक्षेप संकलन र १४ अर्ब ११ करोड कर्जा प्रवाह गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.