शाखा लहान र कटारीमा ज्योति विकास बैंकको शाखा विस्तार

  २०७८ चैत २४ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको छ ।

बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

लहान नगरपालिका-८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे ।

साथै, कटारी नगरपालिका-४ उदयपुरस्थित कटारी शाखाको उद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहक तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.