नयाँ वर्षमा अनलाइन सपिङ गर्दा एनएमबी बैंकका ग्राहकहरूलाई विशेष अफर

  २०७८ चैत २४ गते १८:२७     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा एनएमबी बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् ।

बिहीबार बैंक एनएमबी बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

एनएमबी बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहज रुपमा सक्रिय गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.