स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

  २०७८ चैत २४ गते १८:२१     विकासन्युज

काठमाडौं । बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले सहभागिता जनाएको छ ।

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरूलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरूलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

यही चैत १८ गतेबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ-बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । यसैक्रममा मिति २०७८ चैत्र २३ गते सो फेष्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो ।

डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरूलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.