हिमाल डेन्टलमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

  २०७८ चैत २४ गते १७:२८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको धुम्बाराहीमा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साईन्ससङ्गग सहकार्य गरेको छ ।

दुई कम्पनीबीचको सहकार्यसँगै यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सम्पूर्ण दन्त सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न गर्ने बैंकले जनाएको छ । तर छुटको मात्रा कति हो भनेर विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कूल १०३ वटा शाखाहरूमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.