विद्यार्थीहरूलाई डिजिटल बैकिङबारे सचेतना

  २०७८ चैत २३ गते १९:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले सिफलस्थित ब्रिलियन्ट बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल बैंक लिमिटेड चाबहिल शाखा र ब्रिलियन्ट कलेजको सहकार्यमा विधार्थीहरूलाई डिजिटल बैकिङ्सम्बन्धी जानकारी गराइएको थियो । स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरू सहभागी भएको उक्त कार्यक्रममा डिजिटल वित्तीय साक्षरतासम्बन्धी जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा नेपाल बैंक मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता सम्बन्धि विभिन्न आयामहरूमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

नेपाल बैंक लिमिटेडले हाल नेपालभर २१३ शाखाहरू १६० एटीएम, र ५० एक्सटेन्सन काउन्टरमार्फत सेवा उपलब्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.