पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य फेरि बढ्यो, यस्तो छ नयाँ मूल्य

  २०७८ चैत २२ गते २३:२०     विकासन्युज

काठमाडाैं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने छ ।

निगमले अझै पनि मासिक ९ अर्ब २७ करोड घाटा हुने अनुमान गरेको छ । यस्तै, हालसम्म निगम कुल ३३ अर्ब रुपैयाँ नोक्सानमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

One comment on "पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य फेरि बढ्यो, यस्तो छ नयाँ मूल्य"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.