नेपाल एसबीआई बैंकको एटीएममा रुपे कार्ड चल्ने

  २०७८ चैत २२ गते १८:४४     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो एटीएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकारी गराएको छ ।

नेपालमा रुपे कार्डको सुरुवात संयुक्त रूपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा गरिएको हो। रुपे भारतको पहिलो विश्वव्यापी कार्ड भुक्तानी प्रणाली हो र नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाको प्रोडक्ट हो ।

नेपालमा रुपेको सुरुवातले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने अध्याय थप्नेछ र नेपालमा भारतीय मुद्रा प्रवाह बढाउन मद्दत गर्नेछ। नेपालमा रुपे ब्रान्डेडका कार्डहरू स्वीकार हुने एक मात्र बैंक नेपाल एसबिआई बैंक लिमिटेड रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.