टायर पड्किएको निगमको जहाज ५ दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड

  २०७८ चैत २२ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज (न्यारेवडी) पाँच दिनदेखि थाइल्याण्डमा ग्राउन्डेड भएको छ ।

गत शुक्रबार थाइल्याण्ड (बैंकक) को सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलममा टेकअफ गर्ने क्रममा टायर पड्किएको थियो । उडानका क्रममा टायरमा समस्या आएपछि रोकिएको जहाज अझै थाइल्याण्डमै रहेको छ ।

सो जहाजमार्फत नेपाल आउन लागेका १५५ जना यात्रुलाई सोमबार साँझ निगमकै वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको छ । वाइडबडीले रोकिएका यात्रु नेपाल ल्याएतापनि टायरमा समस्या आएको जहाज शुक्रबारदेखि थाइल्याण्डमा नै रोकिएको निगमले जनाएको छ ।

उडानका क्रममा देखिएका स–साना समस्या निगम व्यवस्थापनले तत्काल समाधान नगर्दा उडान नै प्रभावित हुने गरेको निगमका अधिकारीहरूले बताएका छन् ।

उडान जस्तो संवेदनशिल क्षेत्रमा निगम व्यवस्थापनबाट पटक/पटक लापरवाही हुने गरेको निगमका एक क्यापटेनले बताए । उनले उडानका क्रममा जहाजको टायर पङचेट हुँदा समेत समयमा मर्मत हुन नसक्ने गरेको गुनासो व्यक्त गरे ।

‘उडान जस्तो संवोधनशिल क्षेत्रमा निगम व्यवस्थापनबाट पटक-पटक वेवास्ता हुँदै आएको छ, एक साता अघि मात्र सञ्चालनमा आएको एयरबस जहाज पुनः टायरमा समस्या आउँदा विदेशमा नै रोकियो’, ती क्याप्टेनले भने, ‘जहाज थप गरेर विभिन्न गन्तव्यमा उडान विस्तार गछौँ भन्ने निगमका कार्यकारी अध्यक्ष र मन्त्रीले नै निगमलाई डुवाउने काम गरे ।’

उनले निगमलाई नाफामा लैजान्छु भन्ने पर्यटन मन्त्रीकै कारण पछिल्लो समय निगम घाटामा गएको दाबी गरे । ‘मन्त्रीकै कारण २ महिनासम्म न्यारेवडी जहाज दोहामा रोकियो, अहिले पनि मन्त्रीकै कारण टायर मर्मत हुन सकेको छैन्, निगममा समस्या थुपारेर मन्त्री अनावश्यक काममा केन्द्रीत बने,’ ती क्याप्टेनले भने ।

थाइल्याण्डमा ग्राउन्डेड भएको निगमको सोही न्यारोवडी जहाजको इन्जिनमा समस्या आएपछि केही दिन अगाडी मात्र भाडाको इन्जिन राखेर सञ्चालनमा ल्याइएको थियो ।

गत पुस १३ गते यात्रु लिएर दोहा गएको जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड भएको जहाज २ महिनापछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । सञ्चालनमा ल्याईएको एक साता नहुँदै टायरमा समस्या आएपछि थाइल्याण्डमै रोकिएको हो ।

यता निगम व्यवस्थापनले भने जहाज मर्मतको काम भइरहेको दाबी गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काले समस्या आएको टायर फेर्ने काम भइरहेको बताइन । ‘हाम्रो फ्लाइ एयरवेजसँग मर्मतको सम्झौता छ, सोही सम्झौता अनुसार अहिले नयाँ टायर राख्ने काम भैरहेको छ’, उनले भनिन, ‘टायर राखेपछि जहाज नेपाल आइहाल्छ ।’

उनले नयाँ टायर राख्ने काम भइरहेको भन्दै कति दिनमा सञ्चालनमा आउछँ भन्ने यकिन नभएको बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.