राष्ट्र बैंकले किन बोलायो २७ बैंकका सीईओलाई ?

  २०७८ चैत २१ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले समसामयिक विषयमा छलफल गर्नका लागि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएको छ । दिनप्रतिदिन अर्थतन्त्रका सूचकहरू बिग्रन थालेपछि राष्ट्र बैंकले २७ वटै बैंकका सीईओलाई बोलाएको हो ।

राष्ट्र बैंकले सीईओलाई गरेको सूचनामा आकस्मिक बैठक भनिएको छ । एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार पौने ४ बजेका लागि बैठक बोलाइएको छ ।

राष्ट्र बैंकले आकस्मिक बैठक भनेपछि सीईओहरु अहिले राष्ट्र बैंक गइरहेका छन् । ‘पौने ४ बजेका लागि बोलाइएको छ, म अहिले बाटोमा नै छु, विषय भने खुलाइएको छैन, समसामयिक विषय भनेको छ,’ एक बैंकका सीईओले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.