एनआईसी एसिया बैंकको सञ्चालकमा ६ जना निर्वाचित

  २०७८ चैत २१ गते १२:११     विकासन्युज

काठमाडौं । एनआईसी एसिया बैंकको २४औं साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाबाट ६ जना सञ्चालक समिति निर्वाचित भएका छन् ।

समितिमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघईनिर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल निर्वाचित भएका हुन् ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ ।

बैंकले ३५८ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.