हिरो मोटोकर्पद्वारा तीन उत्पादनहरू नेपाली बजारमा सार्वजनिक

  २०७८ चैत २० गते १९:३२     विकासन्युज

काठमाडौं । हिरो मोटोकर्पले नेपालीहरूको माग र बजार प्रतिस्पर्धालाई ध्यान दिँदै तीन नयाँ उत्पादन नेपाली बजारमा लञ्च गरेको छ ।

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी गरी तीन उत्पादन नेपाली बजारमा पहिलो पटक सार्वजनिक गरेको हो ।
हिरो मोटोकर्पको बीएस–छैठौं उत्पादनहरूमा एक्सेन्स प्रबिधि जस्ता सुविधा उपलब्ध रहेका कारण ग्राहकलाई परिष्कृत अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।

नयाँ उत्पादनहरु हिरो मोटोकर्पका अनुसार एक्सपल्स २०० फोरभीकफ मूल्या चार लाख ५० हजार, ग्लामर एक्सटेकको मूल्य दुई लाख ७६ हजार र म्यास्ट्रो एज १२५ को मूल्य दुई लाख ६६ हजार रुपैयाँ पर्छ ।

हिरो मोटोकर्पले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरी उत्साही चालकहरुका एक अद्धितिय एवं विशेष अवसर प्रदान गर्दैछ । कार्यक्रम भक्तपुरको सल्लाघारीमा २०७८ साल चैत्र २० देखि २३ गतेसम्म सञ्चालन हुनेछ । एक्सट्रायल्सको साथसाथै कम्पनीले एक्सचेन्ज कार्निभल समेत आयोजना गर्दैछ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालिलाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्ट्सका बिक्री केन्द्रहरूबाट सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.