दिन प्रतिदिन सुस्ताउँदै सेयर बजार, डेढ अर्बको पनि भएन कारोबार

  २०७८ चैत २० गते १६:०१     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार दिन प्रतिदिन सुस्ताउँदै गएको छ । आइतबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ३०.८९ अंकले घटेर २५१३.४१ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२१ प्रतिशतले घटी हो ।

परिसूचक घटेको बजारमा कारोबार रकमले पनि साथ दिन सकेन । दिनभर खुलेको बजारमा करिब डेढ अर्बको सेयर कारोबार भएको छ । २२५ वटा स्क्रिप्सको १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बाहेक सबै बीमा कम्पनीहरु छन् । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, चौथो र पाँचौ स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन छन् । नेपाल लाइफको ४ करोड ११ लाख र लाइफ इन्स्योरेन्सको ३ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यता बढी कारोबार गर्नेको तेश्रो स्थानमा रहेको नबिल बैंकको भने ४ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । राष्ट्र उत्थान लघुवित्तको १०, इमर्जिङ नेपालको ९.९९ प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको ९.९९ प्रतिशतले बढेर क्रमशः १४५१, १३४१ र ११६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बढी कारोबार भएको सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने घटेको छ । इन्स्योरेन्सको सेयर मूल्य ५.०१ प्रतिशतले घटेर प्रतिकित्ता ७०० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आइतबार म्युचुअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१६ अंकले घटेको छ । म्युचुअल फण्ड समूह भने स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.