युवा रेडक्रस सर्कल नेपाल कमर्शले शुरु गर्यो नयाँ अभियान, पायो नगदसहित विभिन्न सामाग्री

  २०७८ चैत १७ गते १७:१८     विकासन्युज

काठमाडौं । युवा रेडक्रस सर्कल नेपाल कमर्शले ‘आफूलाई चाहिने सामग्री आफै जुटाउने’ अभियान शुरु गरेको छ । ‘म सेवा गर्छु’ भन्ने उद्देश्यका साथ स्थापना भएको युवा रेडक्रस सर्कलले हालैदेखि उक्त अभियान शुरु गरेको हो ।

सर्कलले स्थापनादेखि नै क्याम्पस परिधिभित्र मात्रै सीमित नभई देशमा संकट परेको बेला समेत जस्तोसुकै सेवा दिँदै आएको छ । साथै, संस्थाले क्याम्पस हाताभित्र समेत विद्यार्थीको व्यक्तिगत क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।

त्यस्तै, उक्त क्रियाकलापलाई आगामी दिनमा थप उर्जागर बनाउन विश्वचन्द्र विष्णुदेवी हमाल ठकुरी स्मृति केन्द्रले एक कार्यक्रमकाबीच युरेस नेपाल कमर्श क्याम्पसलाई आर्थिक सहयोगसहित विभिन्न सामाग्री प्रदान गरेको छ । उक्त स्मृति केन्द्रले संस्थाका पुर्व अध्यक्ष दिपक चालिसेको पहलमा १ थान कम्प्युटर १ थान प्रिन्टर, १ थान दराज, मास्क र ५० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।

कार्यक्रमको सभापति गरिरहेका युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसका अध्यक्ष कुशल बस्नेत प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख तेजराज पोखरेल र अतिथी क्याम्पसका स्टोर प्रमुख रामहरि फुयालले संयुक्त रुपमा सहयोग सामग्री र चेक ग्रहण गरेका हुन् । कार्यक्रममा विशेष अतिथि सहयोगी संस्थाको तर्फबाट सुनिता पाण्डे(अध्यक्ष), सलिना खड्का (सचीव), कन्चन श्रेष्ठ (उपाध्यक्ष) र शशी श्रेष्ठ सहभागि थिए ।

युवा रेडक्रस सर्कल कार्यसमिति सदस्य सरोज गौतमले रेडक्रस स्थापनाको इतिहास बताउँदै रेडक्रसले गर्दै आएको मानविय सेवाको मुक्तकण्ठले प्रसंसा गर्दै सहयोगी संस्थालाई धन्यवाद दिएका छन् । विद्यार्थी संगठनका प्रतिनिधि अनेरास्ववियु अध्यक्ष समशेर खड्का, अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष समराज राइले मन्तब्य राख्दै युवा रेडक्रस सर्कल नेपाल कमर्स क्याम्पसले गर्दै आएका कामको सराहना गरेका हुन् ।

त्यस्तै, अध्यक्ष बस्नेतले विश्वचन्द्र विस्णुदेवि हमाल ठकुरी स्मृति केन्द्रले बिगतमा गाउँठाउँमा गरेको सहयोगको स्मरण गर्दै सहयोगी संस्थालाई व्यक्तिगत र युवा रेडक्रस सर्कल नेपाल कमर्स क्याम्पसको तर्फबाट धन्यवाद दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.