विद्युतीय सवारीसाधन खरिद गर्न इपानको आग्रह

  २०७८ चैत १७ गते १६:३२     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युतीय सवारीसाधन खरिद गर्न आव्हान गरेका छन् । नेपालमा विद्युतीय सवारीसाधनमा सरकारले छुट दिए पनि माग कम रहेको भन्दै खरिद गर्न आग्रह गरेका हुन् ।

तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोले आज प्रत्रकार सम्मेलनमा विद्युतीय सवारीसाधन खरिद गर्न आग्रह गरेका हुन् । नेपालमा विद्युतीय गाडीको माग र आयात अत्यान्तै न्यून छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वातावरणीय प्रभाव र विदयुत खपतलाई ध्यान दिँदै सन् २०२० सम्म २५ प्रतिशत विदयुतीय सावरीसाधन पुर्‍याउने लक्ष्य राखेको थियो । तर, देशभर रहेका सवारीसाधनमध्ये २ प्रतिशत मात्र विद्युतीय गाडी रहेको यातायात व्यवस्‍था विभागको तथ्यांक छ ।

भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा १२ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । आव २०७४/७५ मा ५ हजार २३९ वटा, २०७५/७६ मा यो संख्या ४ हजार ७४५ वटा, आव २०७६/७७ मा ५७५ वटा सवारीसाधन भित्रिएका थिए ।

त्यसैगरी आव ०७७/७८ मा २४९ वटा र चालु आर्थिक वर्षको ६ महिनामा फेरि एक हजार १०३ वटा विद्युतीय सवारीसाधन नेपालमा भित्रिएका छन् ।

यस्तै, तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ ।
यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण एक दिन पर सारिएको आयोजकले जनाएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो ।

एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पुर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको बताए ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने एक्स्पोमा एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ ।

हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामूनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो ।

एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ ।

४ दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

उक्त एक्स्पाको राष्ट्रियपति विद्यादेखि भण्डारीले उद्ध्घाटन गर्ने भएकि छन् । यस एक्स्पेले उर्जासँग सम्बन्धित नयाँ प्रविधि साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिका आषर्कण बन्ने आयोज टिमले विषवास गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.