बिओकेको आयोजनामा वित्तीय साक्षरता अभियान सम्पन्न

  २०७८ चैत १४ गते १८:२९     विकासन्युज

काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा बैंक अफ काठमाण्डूले देशभर विविध कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुगेको विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.