मेगा बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान

  २०७८ चैत १४ गते १६:१२     विकासन्युज

काठमाडौं । मेगा बैंकले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘ग्लोबल मनि विक २०२२’को अवसरमा चैत ७ गतेदेखि १३ गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत् वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

जस अन्तर्गत प्रदेश नम्बर १, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका तीन–तीन वटा शाखा तथा बागमती प्रदेशका चार वटा शाखा र गण्डकी प्रदेशका ६ वटा शाखा गरी बैंकका जम्मा २५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् ।

डिजिटल बैंकिङ, वित्तीय स्रोत, वित्तीय कारोबार, व्यक्तिगत आय आर्जनको पहिचानका साथै आय आर्जनको उपयोगिता बढाउने लगायत कार्यक्रमको आयोजना गरिएको थियो ।

ग्लोबल मनि विक २०२२ कै सन्दर्भमा आइतबार काठमाडौंमा आयोजना भएको र्‍यालीमा समेत बैंकले सहभागिता जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.