मोटरहेडले सम्पन्न गर्याे एड्भेन्चर राइड

  २०७८ चैत १३ गते १०:२५     विकासन्युज

काठमाडौं । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर साइड सम्पन्न गरेको छ । कम्पनीले पहिलो पटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा सम्पन्न गरेको हो ।

मोटरहे बिक्री प्रबन्धक सुरेन्द्र कार्की र जेनेसिस एडभेन्चर टुरका प्रबन्धक रूपक रोक्काले काठमाडौंको धोविघाटदेखि मेलम्चीको चिसापानीसम्मको यात्राको नेतृत्व गर्दै मोटरसाइकलमा रमणीय दृश्य हेर्दै घुमाउँदै उक्त सोरुमका चालक, पत्रकार र प्रभावशाली व्यक्तिहरूसँगै यात्रा गरेका थिए ।

जेनेसिस क्याफेले उक्त राइडको व्यवस्थापन गरेका मोटरहेड मोटरसाइकल बिक्री प्रबन्धक सुरेन्द्र कार्कीले जनाए । यो रोमाञ्चक मोटरसाइकल यात्रामा ८ जना राइडरले सो दिनमा ८६ किलोमिटर यात्रा गरेका छन् । यात्रामा राइडर सहित ११ जनाको उपस्थित थियो ।

प्रबन्धक कार्कीका अनुसार अफ रोड मोटरसाइकल किन्ने ग्राहकलाई रमाइलो गराउनको लागि उक्त यात्रा तय गरिएको हो । मोटरहेडले विगत पनि नियमित रूपमा राइड आउटको आयोजना गर्दै आएको छ ।

‘यो अफरोड मोटरसाइकल हो, यसमा सोरुमका कर्मचारी, पत्रकार, ग्राहकहरूसँग बसेर यात्रा गर्ने योजना केही महिना अगाडि बनाएका थियौं, राइडरहरुसँग बलियो सम्बन्ध गाँस्नु हाम्रो एउटै मात्र चाहना हो,’ उनले भने ।

उक्त मोटरसाइकलले सुरक्षा र कम्फोर्टमा कुनै सम्झौता नगरी राइडिङ थ्रिलको अनुभूति दिलाउँछ । चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीले विगत ५ वर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्री गर्दै आएको छ ।

फराकिलो र ठुलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरू माझ लोकप्रिय बन्दै गएको छ ।

हामीलाई आशा छ, यो यात्राले राइडरलाई लाईफ टाइम एक्सपिरियन्स दिनेछ र आफूहरूबिच पनि अद्वितीय भातृत्वको विकास गराउने प्रबन्धक कार्कीले जनाए । सडक र रमणीय स्थानहरूले निश्चित रूपमा मोटरहेड मोटरसाइकलको आकर्षण र सम्भाव्यतालाई अझ बढाउन सक्छ ।

यस्तै, राइडर विकास के.सी भन्छन् आजको यात्रा अविस्मरणीय रह्यो, यस्तो यात्रा तय गर्नाले विभिन्न ठाउँको अवलोकन गर्न सकिनेछ, बेला बखतको यो रमाइलो यात्राले मन पनि हर्षित भएको छ ।

आफ्ना ग्राहकलाई कोरोनाकालमा दैनिक जीवनयापन, व्यावसायिक गतिशीलताका विषयमा अन्तक्रिया, आन्तरिक पर्यटन प्रवर्द्धक र सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिवार उक्त राइड कार्यक्रम आयोजना गरिएको जेनेसिस एडभेन्चर टुर प्रबन्धक रूपक रोक्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.