अमेरिकासहित ६ देशमा जस्तापाता निर्यात गर्दै जगदम्बा स्टिल्स

  २०७८ चैत ११ गते १३:३९     विकासन्युज

काठमाडौं । जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यातको सुरुवात गरेको छ । कम्पनीले पहिलो पटक स्टिल तेस्रो देश निर्यात सुरु गरेका हो ।

कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको हो । सो देशहरुमा कम्पनीका उत्पादनको उच्च माग रहेको जनाइएको छ ।

जगदम्बा स्टिल्सले केही समय अगाडिमात्रै ‘सीआर सिट एंड कोइल्सहरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो ।

कम्पनीले ग्याल्भा प्लसमा एन्टी कोरोजन प्रविधिसहित निर्माण गरिएको भन्दै खिया नलाग्ने, पाताको प्रारम्भिक क्षति रोक्ने र लामो समयसम्म टिकाउ हुने जनाएको छ । ग्याल्भामा एल्युमिनियम जिंक कोटिङ गरिएका कारण भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता रहेको छ ।

साथै, सामान्य उत्पादनले गर्मीमा धेरै गर्मी र चिसोमा धेरै चिसो तापक्रम दिने गर्छ तर, नयाँ उत्पादनले उक्त ताप नियन्त्रण पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जगदम्बा ग्याल्भा प्लसमा अलोय कोटिङ गरिएको छ । जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्मुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित गरिएको छ ।

कम्पनीले अन्य उत्पादनको तुलनामा जगदम्बा ग्याल्भा १० गुण बढी टिकाउ रहेको दाबी गरेको छ । टिकाउपन बढे पनि मूल्यमा भने परिवर्तन हुनेछैन ।

जगदम्बा स्टिल्सका सेल्स म्यानेजर भानु भट्टराई भन्छन्,’हामीले गुणास्तर वृद्धि गरेपछि आम उपभोक्तालाई मूल्य पनि बढ्ला भन्ने लाग्न सक्छ तर, मुल्य तत्काल बढ्दैन ।’ 

यस्तैगरी जगदम्बा सुपर शाइन प्रिमियर रंगद्धारा कोटिङ गरिएका पाताहरुले उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएको छ । जसले पेन्ट फुट्न र चर्किनबाट रोक्ने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले हाल एक लाख ३२ हजार टन ग्याल्भा प्लस र एक लाख १० हजार टन सुपर शाइन उत्पादन गर्दै आएको छ । नेपालमा दुवै उत्पादन गरेर दुई लाख ५० हजार मेट्रिक टन खरिद गरिरहेको कम्पनीले जनाएको छ ।

उद्योगको कुल उत्पादन क्षमताको ४० प्रतिशत उत्पादन निर्यात गर्ने गरी काम गरिरहेको जनाएको छ । वाषिर्क ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ ।

कम्पनीले निर्यातका लागि भारतबाट जनशक्ति ल्याएर छुट्टै निर्यात युनिट खडा गरेर काम गरिरहेको छ ।

शंकर ग्रुप अन्तरर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । सो कम्पनीले वार्षिक रुपमा ३ हजार मेट्रिक टन फलामे छड उत्पादन गर्दै आएको छ ।

जगदम्बा स्टिल रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.