नेपाली बजारमा ‘फोर्स गुर्खा’को बिक्री सुरु

  २०७८ चैत १० गते १९:४५     विकासन्युज

काठमाडौं । फोर्स मोटर्स नेपालले फोर्स गुर्खा नामक नँया गाडी नेपाली बजारमा बिक्री वितरण गरेको छ । ‘नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको बिक्री वितरण हामी आजदेखि गरेका छौं,’ आधिकारीक विक्रेता कम्पनी आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले भने ।

लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारजना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था हरेको अध्यक्ष थापाले बताए ।

मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा एक मात्र यस्तो गाडी हो जुन बिनासमस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ ।

पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमकी वा ३ वर्ष रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.