गाउँपालिकाका प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

  २०७८ चैत १० गते १६:५२     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष गजबहादुर रावतसहति चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गाउँपालिकाबाट औषधि खरिदको लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चार जनाको स‌ंलग्नता देखिएको भन्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियारका प्रवक्ता भण्डारीका अनुसार सर्केगाड गाउँपालिका-३ का वडाध्यक्ष गजबहादुर रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे, सर्केगाड गाउँपालिकाका तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरूलाई भ्रष्टाचार ऐन २०५९ को दफा ८ को उपदफाबमोजिमको कसूर र हिनामिना गरिएको रकमबापतको ८ लाख रुपैयाँ बिगो माग गरिएको अख्तियारले जनाएकव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.