प्राविधिक समस्याका कारण केही समय उडान प्रभावित बनेको त्रिभुवन विमानस्थल खुला

  २०७८ चैत १० गते १०:३५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेसन प्रणालीमा समस्या आएपछि रोकिएको उडान पुनः सञ्चालनमा आएको छ ।

बिहीबार बिहान ६ बजे विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणमा समस्या आएपछि केही समय रोकिएको उडान पुनः खुलेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर नियमित रुपमा उडान सुरु भएको बताउँछन् ।

‘बिहान विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणमा प्राविधिक समस्या देखिएको थियो, हाम्रा प्राविधिकले तत्काल समस्या पहिचान गरेपछि उडानमा समस्या छैन’, उनले भने, ‘मेसिनरी उपकरण हो कहिलेकाँही समस्या देखिाहाल्छ, समस्या देखिएपछि हामीले समाधान गरिहाल्यौँ ।’

उनले विमानस्थलका प्राविधिकले तत्काल समस्या पहिचान गरेका कारण नै उडान तथा अवतरण नराकिएको दाबी गरे ।

‘बिहानको समय मौसम खासै राम्रो हुँदैन, मौसम सफा नहुँदा उडानमा केही ढिलाई हुन्छ, तर सञ्चार उपकरणका कारण उडानमा कुनै अवरोध भएन’, उनले भने ।

उपकरणमा समस्या आएपछि वायुसेवा कम्पनीहरूले सूचना जारी गर्दै उडान तथा अवतरणमा समस्या भएको जनाएका छन् । बिहान ६ बजेदेखि नै प्रविधिमा समस्या आएपछि आधा घण्टासम्म विमानस्थलमा उडान प्रभावित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.