काठमाडौँ उपत्यकाका २५ सम्पदास्थलमा विशेष सफाइ

  २०७८ चैत १० गते ९:५५     विकासन्युज

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ अभियानको २३ दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो । सम्पदा सफाइ अभियानका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, मध्यपुरथिमी नगरपालिकाका सम्पदा क्षेत्र गरी २५ सम्पदास्थलमा सफाइ गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए ।

सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौँ उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो ।

सरसफाइका क्रममा वरिपरिका स्थानीयवासीलगायत उपस्थित सबैलाई गुर्जोको महत्व प्रकाश पार्दै गुर्जो चियासमेत सेवन गराइएको थियो । उपस्थित सफाइ अभियानकर्मीलाई गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनाइएको चिया र धुलोका पोकासमेत निःशुल्क वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.