सीजी उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला’ सम्पन्न

  २०७८ चैत ७ गते १८:४३     विकासन्युज

काठमाडाैं । नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका हर्कपुरस्थित सीजी उन्नती कल्चरल भिलेजले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा ‘उन्नती मेला’को सम्पन्न गरेको छ ।

कला, संस्कृति, साहित्य र खानाको समिश्रण रहेको मेलामा पन्चेबाजाको संगित, मगर र थारु नाच र स्थानीय कलाकारहरुको प्रस्तुतीहरुले उत्सवमय रौनक थपेका थिए । स्थानीय महिला र विभिन्न समुदायका हस्तकला र सिर्जनाहरु प्रदर्शनमा राखिएको मेलामा कलाकारहरु, संस्कृति एवं कला प्रेमीलगायत उत्साही सर्वसाधारणहरुको जमघट थियो ।

उन्नती कल्चरल भिलेज चौधरी फाउण्डेसनको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संचालित छ । यो कला, संस्कृति, साहित्य र संगितको प्रवधर्ल नमा क्रियाशिल छ । हाम्रा सांस्कृतिक र कला सम्पदाको संरक्षण र प्रवर्धन गर्दै महिलाहरूको नेतृत्वमा लघु उद्यमीहरूमार्फत महिला सीप र क्षमता निर्माण गर्न उन्नती कल्चरल भिलेज क्रियाशिल रहेको छ । उन्नतीले आफ्ना गतिविधि तथा कार्यक्रमहरुलाई आगामी दिनमा सातवटै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

मेलाका अवसरमा चौधरी फाउण्डेसन र भिक्कु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभकाबीच स्थानीय कला, संस्कृत र सिपको विकास गर्दै स्थानीयको स्तर उन्नती गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मेलामा करियर कार्यशाला र आर्ट कार्यशालाको पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.