पर्यटन प्रवर्द्धनका लागि चैतमा दुई ट्राभल मार्ट हुने

  २०७८ चैत ७ गते १७:१५     विकासन्युज

काठमाडौं । नेपालका सबै प्रदेशका पर्यटन व्यवसायीहरूको व्यावसायिक विकास तथा अन्तर्राष्ट्रिय टुर अपरेटरसँगको व्यावसायिक सम्बन्ध विस्तारका लागि पर्यटन बोर्डले चैतभित्र दुई प्रदेशमा ट्राभल मार्टको आयोजना गर्ने भएको छ ।

मार्टबाट टुर अपरेटर, होटल व्यवसायी तथा आन्तरिक पर्यटन प्रबर्द्धनसँगै व्यवसायीबीच दूर प्याकेज आधानप्रदान हुने गर्छ । पर्यटन बोर्डका अनुसार यही चैतको ११ गतेदेखि १३ गतेसम्म धरानमा इस्ट टुरिजम मार्टको आयोजना हुँदैछ । विभागले धरान उपमहानगरपालिकसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागेको मार्ट संयोजक भवेषकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै धनगढी उपमहानगरपालिकसँगको सहकार्यमा यही चैत २५ देखि २७ गतेसम्म सुदूरपश्चिमक धनगढीमा फार्भेस्ट ट्राभल मार्टको आयोजना हुने पर्यटन विभागले जनाएको छ । उक्त ट्राभल मार्टमा सुक्लादेखि साइपालसम्मको पर्यटन प्रवर्द्धन गरिने आयोजकले जनाएको छ ।

ट्राभल मार्टले पश्चिम नेपालका पर्यटकीय क्षेत्रको बजारीकरण गर्न यसअघि नेपालगन्जमा पहिलो पटक भएको पर्यटन मार्टको आयोजना गरिसकेको छ । उक्त मार्टमा भारतीय पर्यटन व्यवसायीलाई भिडियो र टेक्निकल सेसनमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको जानकारी गराइएको थियो ।

यसअघि नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित ‘आउट वाउन्ड ट्राभल मार्ट’बाट नेपाल घुम्न निम्तो दिइसकेको छ । फागुन ३० देखि चैत्र २ गतेसम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टर उक्त मार्टको आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.