६ सय रुपैयाँले घट्यो सुनको मूल्य

  २०७८ चैत ६ गते ११:११     विकासन्युज

काठमाडौं । आइतबार छापावाल ६०० रुपैयाँले सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार छापावाल भएको सुन आज ६०० रुपैयाँले घटेर तोलामो ९९ हजार २०० रुपैयाँ पुगेको हो ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ पुगेको छ । शुक्रबार यो तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी तोलाको १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.