कर सहजीकरण गर्न नाडाको माग

  २०७८ चैत २ गते १९:३६     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष धुर्व थापाको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलल कर सहजीकरणका लागि आन्तरिक राजश्व विभागसँग आग्रह गरेको छ । बुधबार थापा र नाडाका सदस्यले राजश्व विभागका नव-नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसँग भेटी आन्तरिक राजश्व सम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेका थिए ।

उक्त छलफलमा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष संचालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दे नाडाले निकट भविष्यमै ७ वटै प्रदेशमा आयोजना गर्ने कर सम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगको लागि आग्रह गरे ।

सो क्रममा अध्यक्ष थापाले सवारीसाधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताको कारण मूल्य अभिवृद्धि करको बिल विजक काटन ढिलाई हुने र सो समयमा वास्तविक स्टक समेत नदेखिने कुराको जानकारी गराउँदै सो व्यावहारिक कठिनाइको सहजीकरणका लागि आग्रह गरे ।

साही छलफलको क्रममा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरी सो विलमा एच।यस। कोड समेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोवाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाई गरिनु पर्ने धारणा राखे ।

त्यसैगरी सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल व्यवसायीहरुलाई मूल्य अभिवृद्धिकरमा अनिवार्य दर्ता गर्नु पर्ने विषयलाई कडाइका साथ लागु गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै अनलाइन पेमेन्ट को व्यवस्थाका लागि समेत आग्रह गरे ।

उक्त छलफलमा सो विभागमा उप महानिर्देशकहरु गोविन्द प्रसाद सुवेदी, र रमेश शर्मा पौडेल समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा निर्देशक पदम कुमार श्रेष्ठ समेतको उपस्थिती रहेको थियो । सो छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यक्ष पंकज अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.