स्याङयोङ मस्सो ग्राण्डको प्रि–बुकिङ खुल्यो, ४ लाख ३५ हजार फाइदा

  २०७८ फागुन २९ गते १७:४४     विकासन्युज

काठमाडौं । कोरियाली लक्जरी एसयुटी स्याङयाेङ मस्साे ग्राण्डको प्रि–बुकिङ खुलेको छ । नेपालमा स्याङयाेङकाे मोटर्सको एकमात्र आधिकारिक वितरक आइएमएस मोटर्सले एसयुटीको प्रि–बुकिङ सुरु भएकाे घोषणा गरेको हाे ।

आइएमएस मोटर्सले स्याङयाेङ मस्साे ग्राण्डको प्रि–बुकिङमा साढे १ लाखसम्मकाे नि:शुल्क सामानहरु, १ लाखसम्मकाे नगद छुट, प्रारम्भिक बुकिङ्गमा १ लाख छुट, ८५ हजारकाे बीमा  सुविधा राखेकाे छ । यसकाे अर्थ प्रि बुकिङ्ग गर्नेले कुल ४ लाख ३५ हजार रुपैयाँकाे फाइदा प्राप्त गर्नेछन् ।

विलासी मुसो ग्रान्ड एटिक रेस्टुरेन्ट, ज्ञानेश्वरमा प्रदर्शन गरिने र इच्छुक ग्राहकहरुको लागि टेस्ट ड्राइभको उपलब्ध रहेकाे कम्पनीले जानकारी दिएकाे छ । प्रि–बुकिङ अफर चैत ३० गतेसम्म लागुहुने कम्पनीले जनाएकाे छ ।

कोरियाली लक्जरी एसयुभी ब्रान्ड स्याङयाेङ मोटर्स चौथो ठूलो दक्षिण कोरियाली अटोमोबाइल निर्माता हो । सन् १९५४ मा स्थापना भएकाे स्याङयाेङ मोटर्सकाे लक्जरी कारहरु, एसयुभीहरु, पिकअप ट्रकहरु र एमपिभीहरु जस्ता विभिन्न मोडेल लाइन–अपहरु पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.