नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलको सेवामा छुट

  २०७८ फागुन २७ गते १२:०५     विकासन्युज

काठमाडौं । नेपाल बैंकका कर्मचारीहरु एवं ग्राहकलाई पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच फाल्गुण २० गते बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार बैंकका कर्मचारीले अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

गण्डकी प्रदेशको पोखरामा भएको उक्त सम्झौता पत्रमा चरक मेमोरियल हस्पिटलका तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.