हुन्डाईले ल्यायाे ‘बेस्ट बाइ’ योजना, ४ लाखसम्मको आकर्षक नगद छुट

  २०७८ फागुन २५ गते १८:४७     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ ।

नेपाल अधिराज्यभर लागु हुने यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाउनेछन ।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेस्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, ३० हजारसम्मको एक्सचेन्ज बोनस, ४ लाखसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन् ।

यसका साथतै ग्राहकले हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी पाउनेछन् । कम्पनीकाे अनुसार यो योजना चैत्र १९ सम्म लागु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.