अब जनकपुरमा ‘ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी’ काे पढाइ हुने

  २०७८ फागुन २५ गते १६:५७     विकासन्युज

काठमाडाैं । काठमाडाैं विश्वविद्यालयले जनकपुरधाममा ब्याचलर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी (बीटेक. एडआईटी) नामक ४ वर्षे स्नातक कार्यक्रमको सुरुवात गरेको छ ।

जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा विश्वविद्यालयले उक्त कार्यक्रम सुरु गरेको हो ।

जनकपुरधाममा यसको औपचारिक घोषणा गर्दै प्रमुख अतिथी मुख्यमंत्री लालबाबु राउतले बीटेक। एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने बताए । उनले यस कार्यक्रममार्फत सुचना प्रविधी जस्तो अपार संभावना रहेको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनले मधेश प्रदेशको विकासमा ठूलो टेवा पुग्ने बताए ।

जानकी कलेज नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहयोगी संस्था हो । बीटेक. एडआईटी कार्यक्रमको उद्देश्य सुचना प्रविधीको क्षेत्रमा प्राविधीक शिक्षक तयार गर्नु रहेको कलेजका अध्यक्ष पंकज जलानले बताए ।

चार वर्षे बीटेक. एडआईटीको कार्यक्रमलाई आठ सेमेस्टरमा विभाजित गरिएको छ । कार्यक्रमको कुल भार १३८ क्रेडिट आवर रहेको छ । यो कार्यक्रम जनकपुरधामको पहिलो स्मार्ट विद्यालय अक्षर विद्या मन्दिरको परिसरमा सञ्चालन हुनेछ । यस कार्यक्रममा भर्ना हुने विद्यार्थीले इन्टर्नर्सिपकोलागी दोश्रो वर्षदेखि नै विद्यालयहरुमा अध्यापन गराउन जानुपर्ने छ ।

चार वर्षे बीटेक. एडआईटीमा भर्ना हुनको लागी कुनै पनि संकायबाट १२ कक्षा वा सो सरह वा सिटिइभीटीले सञ्चालन गरेको ३ वर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने छ । विद्यार्थीहरुको छनौट काठमाण्डौं विश्वविद्यालयले सञ्चालन गरेको प्रवेश परिक्षाको आधारमा गरिने छ ।

कलेजका अध्यक्ष जलानका अनुसार मधेश प्रदेशको साक्षरता र शैक्षिक स्तरमा वृद्धि गर्नका लागि जानकी कलेजको स्थापना यस प्रदेशको शिक्षाको क्षेत्रमा नयाँ युग हुनेछ ।
४ वर्षे पढाइ पुरा गरे पश्चात मधेश प्रदेशको शैक्षिक संस्थामा अध्यापन गर्न पाउने अवसर भएकोले ’ब्रेन ड्रेन’ को समस्याबाट विस्तारै पुरै देशलाई नै बचाउन असम्भव नभएकाे उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.