नेपाल बैंकले महिलाको लागि ल्यायो १० लाखको बीमासहितको निक्षेप खाता योजना

  २०७८ फागुन २३ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले महिला वर्गलाई लक्षित गरी समृद्व नारी रिकरिंग निक्षेप खाता योजना ल्याएको छ । बैंकले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा इन्स्योरेन्स सुविधासमेतको नयाँ निक्षेप खाता योजना संचालनमा ल्याएको हो ।

मासिक न्युनतम २५ हजारमा र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने यस खातामा उच्चतम ब्याजदर, नि:शुल्क लकर सुविधा लगायत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको छ ।

१० लाख बराबरको दुर्घटना बीमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्धती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ।

नेपाल बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.