सेन्चुरी बैंकद्वारा सिसिटिभी जडान गर्न आर्थिक सहयोग

  २०७८ फागुन २३ गते १३:१३     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर जिल्ला सिसिटिभी जडान समितिलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाई उक्त रकम हस्तानतरण गरेको हो ।

सो आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सिसिटिभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने समितिका कोषाध्यक्ष प्रजापतीले बताए ।  साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी, दुइवटा टेबल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ ।

सेञ्चुरी बैंकले भक्तपुरमा ३ र काभ्रेमा सात शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.