नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पोखराको अतिथि रिसोर्टमा विशेष छुट

  २०७८ फागुन २३ गते १२:०८     विकासन्युज

काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य र ग्राहकले पोखरास्थित अतिथि रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

पोखरामा एक कार्यक्रमबीच भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अतिथि रिर्सोटको तर्फबाट प्रबन्धक निर्देशक भरतराज शर्माले हस्ताक्षर गरेका छन् ।

नेपाल बैंक र अतिथि रिसोर्टबीच फागुन २० गते भएकोे सम्झौता बमोजिम नेपाल बैंकका डेबिट कार्ड , क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग र क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहले अतिथि रिसोर्टमा आवासमा २५ प्रतिशत, पेय पदार्थमा १५ प्रतिशत र खानामा १० प्रतिशत लाग्ने शुल्कमा छुट पाउनेछन् ।

कार्यक्रममा नेपाल बैंक गण्डकी प्रादेशिक कार्यलयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक बजारिकरण तथा अनुसन्धान डिभिजन प्रबन्धक कृष्णहरी बुढाथोकी, बैंकका कर्मचारीहरु र अतिथि रिसोर्टका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.