लघुवित्तहरुको सेयर बजारमा पौने १२ करोड लगानी

  २०७८ फागुन २२ गते १७:१४     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाहरुले सेयर तथा डिवेञ्चरमा ११ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको सेयर कर्जा घटेर ११ करोड ८४ लाख रुपैयाँमा सीमित भएको हो ।

गत असारसम्म लघुवित्तहरुको सेयरमा १३ करोड २६ लाख रुपैयाँ लगानी थियो । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४१२ करोड रुपैयाँको सीमा तोकेपछि लगानी १०.६७ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तहरुले सेयरमा १३ करोड २० लाख रुपैयाँ लगानी गरेका थिए ।

लघुवित्तहरुको कुल लगानी भने ९ अर्ब ९१ करोड छ । लघुवित्त संस्थाले सरकारी सुरक्षेण पत्रमा ७७ करोड ३ लाख, मुद्धती निक्षेपमा ८ अर्ब २७ करोड ३८ लाख र अन्यमा ७५ करोड १७ लाख लगानी गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०७८ पुससम्म ८ अर्व २७ करोड राखेका छन् । जुन रकम २०७८ असार मसान्तको तुलनामा ३८.०१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६२.२१ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा ह्रास आएको हो । २०७८ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी गत असार मसान्तको तुलनामा ३२.६१ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी ७०.४० प्रतिशतले बढेको थियो । विशेषगरी मुद्धती निक्षेपमा लगानी रहेको रकम कर्जा प्रवाहका लागि प्रयोग भएको कारण समग्र लगानीमा ह्रास आएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.