पेवेल इन्डोर क्रिकेटको उपाधि कामना सेवा विकास बैंकलाई

  २०७८ फागुन २२ गते ११:४३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले पेवेल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ ।

ग्रेट हिमालय क्रिकेट एकेडेमीको फिल्डमा आज फागुन २१ गते सम्पन्न फाइनलमा माछापुच्छ्रे बैंकलाई १६ रनले हराउँदै बैंकले उक्त उपाधी जितेको हो ।

सो प्रतियोतिामा १६ वटा कर्पोरेट टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रे बैंक १० ओभरको खेलमा जम्मा ८८ रनमा समेटिएको थियो ।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका रिमेश रेग्मी र प्लेयर अफ द सिरीज कामना सेवा कै हेमन्त श्रीवास्तव भएका थिए । यस्तै उत्कृष्ट बलर नेपाल एस।वि।आइ बैंकका निरज कार्की र उत्कृष्ट ब्याट्स् मेन माछापुच्छ्रे बैंकका निशेष केसी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.