पुँजीबजारबाट मात्रै करिब ९ अर्ब राजश्व संकलन

  २०७८ फागुन २० गते १९:००     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ । नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो ।

अन्तक्र्रिया कार्यक्रमा बोल्दै सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पुर्णप्रसाद आचार्यले पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढेको बताए । उनले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताएका छन् ।

त्यस्तै, उनले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोल्नेको संख्या बढेको उल्लेख गरे । डिम्याट खाता खोल्नेको संख्या अहिले ५० लाख १९ हजार ८२६ पुगेको सीईओे आचार्यले जानकारी दिए । आचार्यले डिम्याट खातासँगै मेरो सेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको बताए । उनले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताएका हुन् ।

‘पछिल्लो डेढ वर्षको अवधिमा ३४ लाख डिम्याट खाता सीडीएसीमा थपिएका छन् । ५० लाख भन्दा धेरै डिम्याट खाताहरु खोलीएका छन् । त्यस्तै मेरो शेयर एप्समा करिव ७ लाख मेरो शेयरका खाता थिए भने डेर वर्षको अवधिमा ४१ लाख मेरो शेयरका खाताहरु रहेका छन् । यी खाता बढ्दै जाँदा किन यी खाता खोदिए भन्ने कुरा आउँछ । पछिल्लो समय मुलुकभर पुँजीबजारको विस्तार भइरहेको छ । लगानीकर्ताहरु पुँजीबजार प्रति आकर्षित भइरहेका छन् । अहिले आइपीओ भर्ने अत्याधिक रुपमा बढेको छ । सरकारलाई पुँजीबजारबाट आर्थिक वर्ष २०७६/७७ मा ९८ करोड रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०७७/७८मा १४ अर्ब १४ करोड रुपैयाँ र चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व उठेको छ । गत आर्थिक वर्षको भन्दा यो वर्ष राजश्व योगदान बढ्ने आकलन छ’, उनले भने ।

त्यस्तै, कार्यक्रमा बोल्दै नेपाल स्टक एकसचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले नेपाली पुँजीबजारको आवश्यकता अनुसार नयाँ स्टक एकचेञ्ज आउनु पर्ने बताए । उनले यसअगाडि आफूले तत्काल नयाँ स्टक एकचेञ्ज ल्याउन पहल गर्छ नभनेको स्पष्ट पारे । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने तथा नेप्से त्यही अनुसार लाग्नु पर्ने र त्यस्तो गर्न नसके अन्य विकल्प खोज्नु पर्ने देखिएको मात्रै भनेको बताए । उनले सरकारले स्वीकृति दिए नेप्सेले स्वीकृति अनुसार साधरण सेयर आईपीओ जारी गर्ने उल्लेख गरे । अहिले नेपाली पुँजीबजार सुधार गर्नको लागि भएका नीति तथा कानूनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले नेप्सेले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको कार्कीले बताए । कार्कीले नेप्सेलाई टेक्नोलोजिक हिसावले बलियो बनाएर लगानीकर्तालाई थप सहज बनाउन नेप्सेले तयारी गरिरहेको उल्लेख गरे ।

उनले भने- ‘नेप्सेले सम्पादन गर्ने काम भनेको हरेक वर्ष बजेट तथा कार्यक्रमबाट स्वीकृत भएका कार्यक्रमलाई बढी प्रभावकारी कसरी हुन्छ । यस्ता कार्यक्रमा सम्पादन गर्ने हो यसमा मेरो योगदान बढी रहने छ । अहिले नेप्सेमा केही कानूनी समस्याहरु छन् । केही प्रविधिगत समस्याहरु छन् । तिनीहरुलाई सुधार गरेर छिमेकी देशहरुले स्टक एक्सेन्जहरुको अभ्यास गरिरहेको र केही उपकरणहरु हाम्रो अभ्यासमा छैनन् । ती नयाँ उपकरणहरुलाई नेपाली पुँजीबजारमा प्रवेश गराउने ध्यान गएको छ । त्यसको लागि कानूनी र प्रविधिगत रुपमा हाम्रो जुन टेक्नोलोजि छ त्यसको पनि सुधार गर्नु पर्छ । नेप्से प्रविधिक रुपमा बलियो हुनुपर्छ । हामी सरकारी निकाय भएकाले एउटा सफ्टवयरको लागि पनि धेरै मूल्य पर्ने भएकाले सफ्टवयर तयार हुन एक वर्ष पनि लाग्न सक्छ । हामी चाँडै जिटुजी मार्फत नयाँ सफ्टवयरको बनाएर जान सकिन्छ । त्यसको लागि विद्ययमान रहेका पुँजीबजार बजार सम्बन्धि कानूनमा कार्यविधि सुधार गर्नु आवश्यक छ । नेप्सेलाई पुनसंरचना गर्नुपर्छ भनेर अध्ययन भएको छ । नेप्सेको साधारण शेयर निष्काशन कति गर्ने भन्ने कुरा छलफल तथा अध्ययन गरेर जाने सहमति तथा सरकारले स्वीकृत दिएको अवस्थामा मात्रै अन्तिम रुप पाउँछ । मैले नयाँ स्टक एक्चेन्ज आउनुपर्छ भनेको होइन । हामी बजारको आवश्यकता के हो । अहिले नेप्सेका ग्राहकको आवश्यकता के हो । त्यसलाई पुरा गर्ने नेप्से सफल हुनुपर्छ । त्यसमा नेप्से लाग्नु पर्छ भन्ने हो । त्यो नभए अन्य विकल्प हुनसक्ला भन्ने अवस्था हो ।’

पछिल्लो समय सेयरबजारप्रति आम सर्वसाधारणहरूको आकर्षण बढेसँगै हितग्राही खाता (डिम्याट) खोल्नेहरूको संख्यामा समेत उल्लेखनीय वृद्धि भएकाले नेपाली पुँजीमा पनि वृद्धि हुँदै गएको छ । नेप्सेले ग्रामिण स्तरसम्म पुँजी बजारलाई विस्तार गर्न नयाँ सफ्टवयरहरु निर्माण गरेर कारोबारको लागि सहज बनाउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.