बीमा कम्पनीहरुले गरे एक खर्ब बढीको व्यवसाय, नेपाल लाइफ र शिखरको अग्रता कायमै

  २०७८ फागुन १९ गते १४:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । पुनर्बीमा बाहेक जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले ७ महिनामा एक खर्ब ३ अर्ब ११ करोड २८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्न सफल भएका हुन् ।

जुन अघिल्लो वर्षको तुलनामा ११.५८ प्रतिशतले बढी हो । २०७७ माघ मसान्तसम्ममा उक्त कम्पनीहरुले कूल ९२ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

चालु आवमा संकलन भएको बीमा शुल्कमध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनीहरुको रहेको छ । १९ वटा जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा ८१ अर्ब ३० करोड २४ लाख रुपैयाँ बराबरको कूल बीमा शुल्क संकलन गरेका छन् । उनीहरुले ७ महिनामा १ करोड १० लाख ८६ हजार ६८९ वटा बीमालेख जारी गरी सो मात्राको बीमा शुल्क संकलन गरेका हुन् । उक्त बीमालेख संख्या गत वर्षको तुलनामा ३८.७३ प्रतिशतले बढी हो । कम्पनीहरुले गत वर्ष ७९ लाख ८९ हजार ९११ वटा बीमालेख जारी गरेका थिए ।

त्यस्तै, निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका २० वटा कम्पनीहरुले २१ अर्ब ८१ करोड ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । जुन गत वर्षको तुलनामा २२.१२ प्रतिशतले बढी हो । कम्पनीहरुले गत वर्ष १७ अर्ब ८६ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका थिए ।

प्रिमियम बढाउन सफल भएका निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्या भने घटेको छ । कम्पनीहरुको जारी बीमालेख संख्या ४.४२ प्रतिशतले घटेर १६ लाख ९५ हजार ७८८ मा झरेको छ । जुन २०७७ माघसम्म १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी भएका थिए ।

त्यसैगरी, बीमाशुल्क संकलनमा जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र निर्जीवनतर्फ शिखर इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । समीक्षा अवधिमा नेपाल लाइफले २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बीमाशुल्क उठाएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब ७६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

कसको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.