नेको इन्स्योरेन्सले डाक्यो साधरणसभा, चैत १ गते बुक क्लोज

  २०७८ फागुन १८ गते १३:५७     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधरणसभा चैत ९ गते हुने भएको छ । कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितीको बैठकले चैत ९ गतेको लागि वार्षिक साधरणसभा बैठक बोलाएको हो ।

कम्पनीको संचालक समितीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०। ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

नेकोको लाभांश सुरक्षित गर्ने फागुन ३० गते सोमबार अन्तिम दिन रहेको छ । नेकोले साधारणसभा तथा लाभांश प्रयोजनार्थ चैत १ गते बुक क्लोज गर्दैछ । त्यसैले फागुन ३० गते नेप्सेमा कायम रहेका सेयरधनीले मात्र इन्स्योरेन्सको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.