कामना सेवा विकास बैंकद्वारा पशुपतिमा पानी तथा जुस वितरण

  २०७८ फागुन १७ गते १७:०७     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले पशुपतिमा भक्तजनहरु पिउने पानी तथा जुस वितरण गरेको छ । बैंकले महाशिवरात्रीको अवसरमा पशुपति मन्दिर परिसर र चाबहिलमा पिउने पानी तथा जुस वितरण गरेको हो ।

यसका साथै बैंकले ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.