‘कर्पाेरेट पे’ मार्फत चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार

  २०७८ फागुन १३ गते ११:२२     विकासन्युज

काठमाडौं । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार फर्छ्यौट गरेको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ ।

हाल यसम ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २६ सयभन्दा बढि व्यावसायिक ग्राहकहरु आवद्ध भइसकेका छन् ।

यस प्रणाली मार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ ।

व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक बहु अधिकार र बहु हस्ताक्षरकर्ताको समेत उपयुक्त व्यवस्था रहेको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइममा प्रति कारोबार २० करोडसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोडसम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

एनसीएचएलद्वारा संचालन गरिएको यस प्रणालीमा आवद्ध हुन ग्राहकले आफ्नो बैंकरवित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.