लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा, भाेलि यूएईसँग खेल्ने

  २०७८ फागुन ९ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार क्यानडालाई ८विकेटले हराउँदै नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘बी’बाट खेलेको नेपालले तीन वटै म्याच जितेको छ ।

नेपालले अब सेमिफाइनलमा समूह ‘ए’को उपविजेता यूएईको सामना गर्नेछ । नेपाल र यूएईबीचको खेल मंगलबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । सो खेल जित्ने टोलीले यही अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा सहभागी हुने अवसर पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.