२ करोडको चेक बाउन्स भएपछि ग्रिनलाइनका अमित अग्रवाल पक्राउ

  २०७८ फागुन ९ गते १३:११     विकासन्युज

काठमाडौं । दुई करोडको चेक बाउन्स भएपछि ग्रिनलाइनका संचालक अमित अग्रवाल पक्राउ परेका छन् ।

व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनले व्यवसायी अधिकारीलाई दिएको ५० लाख रुपैयाँ र जबरालाई दिएको डेढ करोडको चेक बाउन्स भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन दिनअघि पक्राउ परेका अग्रवाललाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.