नेपाल बैंकको मोबाइल एप प्रयोग गर्दा वीरगंजका केसीले जिते एक तोला सुन

  २०७८ फागुन ३ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको वीरगंजस्थित आदर्शनगर शाखाका ग्राहक राजु कुमार केसीले एक तोला सुन जितेका छन् ।

केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।

बैंकको आदर्शनगर शाखामा मिति २०७८ माघ २७ गते बिहिबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालयका प्रमुख श्री शिबराम मिश्रले एक तोला सुन उपहार विजेता श्री राजु कुमार के।सी।लाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल बैंकले नेपाल अधिराज्यभरी रहेको २१३ शाखाहरु, १४८ वटा एटिएम र ४९ वटा एक्सटेन्सन काउण्टर लगायत करिब २५०० कर्मचारीहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.